काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाविधेशनअन्तर्गत बागमती प्रदेशको सभापतिका लागि जगदिश्वरनरसिंह केसीले उम्मेदवारी दर्ता गराएका छन् ।
नेता केसीले शुक्रबार दिउँसो सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट उम्मेदवार बनेका केसीले आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गरेका हुन् ।
उनको प्यानलबाट मोहनबहादुर बस्नेत र राजेन्द्रप्रसाद बुर्लाकोटीले उपसभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । भने माइकल रामचन्द्र अर्याल र कञ्चनचन्द्र बादेले महामन्त्रीको उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस नुवाकोटको दुई दशक नेतृत्व गरिसकेका केसीको बागमती प्रदेशमा मात्र नभइ देशभरका नेता कार्यकर्तामा राम्रो सम्पर्क रहेको छ ।

प्रदेश निर्वाचन कार्यसमितिका अनुसार शुक्रबार बिहान ८ बजेबाट ३ बजेसम्मका लागि मनोनयन दर्ताको समय रहेको छ ।
त्यसैगरी सभापतिमा पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट इन्द्रबहादुर बानियाँ र भीमसेनदास प्रधानको नाम पनि चर्चामा छ । बानियाले भने शुक्रबारै प्यानल घोषणा गरी उम्मेदवारी दर्ता गरेका छन् ।
बिहीबार औपचारिक रूपमा शुभारम्भ भएको प्रदेश अधिवेशनको दोस्रो दिन शुक्रबार निर्वाचन प्रक्रिया जारी रहेको हो । दिउँसो १ बजेसम्म मनोनयन दर्ता गराउने समयतालिका रहेको प्रदेश निर्वाचन समिति बागमती प्रदेशका संयोजक वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
काफ्लेका अनुसार भोलि १८ मंसिर बिहान ९ बजेदेखि मतदान हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया