काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनले आफूहरुको जित सुनिश्चित रहेको बताएका छन् ।
उम्मेदावरको मनोनयन दर्ता गर्न जाने क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै लिङ्देनले युवाहरुको एजेण्डा लिएर अघि बढेका कारण आफूहरुको जित सुनिश्चित रहेको दाबी गरे ।
‘युवाहरुको एजेण्डा लिएर सहमति भएर हामी अगाडी बढेका हौँ । जितको बारेमा छलफल नै गर्नुपर्दैन । जित सुनिश्चित छ । किनभने यो मेरो मात्रै मुद्दा होइन मेरो मात्रै विषय होइन ।’ लिङ्देनले भने ।
त्यसैगरी राप्रपाले उठाउँदै आइरहेको हिन्दु राज्यको कुरा राजसंस्थाको जीवन भएको उनको भनाइ रहेको छ । आफूहरुले सोही मुद्दालाई अगाडी बढाएको कारण महाधिवेशन प्रतिनिधिहरुले आफूहरुलाई मतदान गर्ने उनको दाबी रहेको छ ।
‘यो राष्ट्रिय प्रजातन्त्र पार्टीमात्रै होइन पार्टीले लिएको हिन्दु राजसंस्थाको मुद्दाको जीवनको कुरा हो।’ उनले भने, ‘त्यसकारण राष्ट्रिय प्रजातन्त्र पार्टीका अहिलेका महाधिवेशन प्रतिनिधिहरुले यी बाट भन्ने कुरै आउदैन। नेतृत्व परिवर्तनको पक्षमा निर्णय गर्नुहुनेछ । एउटा वैधानिकता दिन मात्रै बाँकी छ ।’

आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आएका लिङ्देनले आफू नेतृत्वमा अएको ६ महिनामा हिन्दु राष्ट्र चाहिन्छ भन्ने युवाहरुको प्रतिनिधित्व गर्ने वातावरण बन्ने समेत दाबी गरे । त्यस्तै देश भ्रष्ट्राचारमुक्त बन्नुपर्छ भन्ने संस्था संगठन पार्टी सबैलाई समेटेर राष्ट्रिय शक्ति निर्माण गरेर देखाउनका लागि राप्रपालाई नयाँ ढंगले अघि बढाइने समेत बताए ।
‘६ महिना भीत्रमा राप्रपा बाहिर रहेका राजा चाहिन्छ हिन्दु राष्ट्र चाहिन्छ भन्ने हाम्रा युवाहरुले प्रतिनिधित्व पाउने वातावरण बन्नेछ । देश भ्रष्टाचारमक्त बन्नुपर्छ भन्ने संस्था संगठन पार्टी सबैलाई समेटेर राष्ट्रिय शक्ति निर्माण गरेर हामी देखाउने छौँ । अब हामी नयाँ ढंगले राष्ट्रिय प्रजातन्त्र पाटीलाई अगाडी लैजान्छौँ ।’ लिङ्देनले भने ।
आफ्नो प्यानलबाट उपाध्यक्ष उठेका बिक्रम पाण्डेका विषयमा समेत लिङ्देनले स्पष्ट पारेका छन् । अध्यक्षका अर्का प्रत्यासी कमल थापाको प्यानलले पनि पाण्डेको नाम राखेको छ । तर लिङ्देलनले भने आफूहरुले सल्लाह गरेरै पाण्डेलाई उपाध्यक्ष राखेको बताए ।
लिङ्देनको समूहबाट बिक्रम पाण्डे, रामचन्द्र राय, तिलबिक्रम राजभण्डारीले उपाध्यक्षमा उठेका छन् ।
युवाहरुको मुद्दालाई लिएर आएको बताउने लिङ्देनलाई राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको समर्थन रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया