नाडाको निर्वाचन : ध्रुव थापाले गरे प्यानलसहित उम्मेदवारी घोषणा

लोकपथ
98
Shares

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसियस अफ नेपालको आगामी निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी उम्मेदवार ध्रुव थापाले आफ्नो समूहका सदस्यहरुको सार्वजनिक गर्दै प्यानल घोषणा गरेका छन् ।

आज (बिहीवार) एक कार्यक्रम गर्दै थापाले वर्तमान कार्यसमितिका लागि आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी र शुभशिष थपलियासहितको प्यानल घोषणा गरेका हुन् ।

त्यसैगरी थापाले आफ्नो प्यानलमा यमुना श्रेष्ठलाई सभावेश गरी नाडामा महिलासहित समूह निर्माण गरेका छन् । साथै उनको समूहमा अमरज्योती रञ्जित, बि.एन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायणप्रसाद पौडेल (राजन), प्रदीपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बि.एस. कंसाकार, सञ्जयकुमार खेतान लगायतका अटो व्यवसायीहरुलाई समेटेर समूह निर्माण गरेका छन् ।

सदस्यका प्रत्यासीहरुको परिचयात्मक कार्यक्रममा अध्यक्ष पदका प्रत्यासी थापाले नाडाको आगामी निर्वाचनले सवल, सक्षम र सम्पूर्ण व्यवसायीको समस्या आफ्नै समस्या मानेर काम गर्न सक्ने व्यक्तिको खाँचो रहेको बताए ।

प्रदेशस्तरीय संरचनालाई अधिकार दिने, व्यवसायीमैत्री वातावरण निर्माण गर्न पहल गर्ने, नाडालाई अझ बलियो बनाउन विज्ञ टोली निर्माण गरी सरकारसँग प्रत्यक्ष र प्रभावकारी छलफल गर्ने लगायत प्रतिबद्धताहरु व्यक्त गरेका छन् ।

त्यस्तै अर्को समूहबाट करण चौधरीले पनि आफ्नो प्यानलसहित उम्मदेवारी घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?