कोरोना अपडेट : देशभर ३१५ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

लोकपथ
273
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा देशभर गरिएको ११ हजार ४०३ वटा नमुना परीक्षण गर्दा ३१५ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये ९५११ जनाको पीसीआर परीक्षणमा २९८ जना र एक हजार ८९२ परीक्षणमा १७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा २०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ३ हजार ३६९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

सो अवधिमा कोरोनाका कारण ६ जनाले ज्यान गुमाएका छन् । योसँगै हालसम्म देशभर ११ हजार ५३५ जनाको मृत्यु भइसकेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ७ हजार ४५ जना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?