काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पार्टीको नेतृत्व चयन गर्दा ध्यान पुर्याउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।
हेटौँडामा भएको कांग्रेस बागमती प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेता सिंहले नेतृत्वकै कारण पार्टी कमजोर अवस्था पुगेकाले नेतृत्व चयन गर्दा ध्यान पु-याउन आग्रह गरेका हुन्।
‘नेतृत्व चयन गर्दा होस नपुर्याउने, अनि कांग्रेसले काम गरेन भनेर गुनासो गर्ने ?’ उनले भने, ‘नेतृत्वकै कारणले पार्टी कमजोर अवस्थामा आएको छ । नेतृत्व चयन गर्दा तपाईहरुले ध्यान दिनु पर्दछ ।’
साथै उनले कांग्रेसको नेतृत्वमा संविधान जारी गर्दा पनि जनताले नेतृत्वकै कारण भोट नदिएको बताए। ‘संविधान जारी गरी जनतामा जाँदा दुई तिहाई त कांग्रेसले पाउनु पर्ने हो । तर कम्युनिष्टहरुले प्राप्त गरे।’ नेता सिंहको भनाई थियो । संविधान जारी कांग्रेसले गरेको र संस्थागत तथा लागू गर्ने जिम्मेवारी पनि कांग्रेसमा नै रहेको उनले टिप्पणी गरे। जनताले अपेक्षा गरेको परिवर्तन हुन अझै बाँकी रहेको नेता सिंहले बताए ।
उनले समयमा नै ख्याल नगरे लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीहरु गुम्ने खतरा रहेको जिकिर गरे । कम्युनिष्टहरुले प्राप्त उपलब्धीहरु नष्ट गर्न लागि परेको उनको आरोप छ । करिब दुईतिहाइको सरकार हुँदा पनि कम्युनिष्टहरु संघीयता कार्यन्वनका समेत असफल भएको उनले बताए।
नेता सिंहले अब देशमा आर्थिक क्रान्ति गर्नु पर्ने समय आएको भन्दै त्यसको नेतृत्व पनि कांग्रेसले नै गर्नु पर्ने बताए। कांग्रेसको नेतृत्वमा मात्रै मुलुकमा आर्थिकक्रान्ति सम्भव भएको उनको दाबी छ। जनताको जिवन र जिविकोपार्जन सहज बनाउनको लागि आर्थिक कार्यक्रम ल्याउनु पर्नेमा उनको जोड छ । अबको अर्थिक क्रान्ति जनताको स्वास्थ्य उपचार निशुल्क गुणस्तरीय शिक्षामा केन्द्रित हुनुपर्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया