राप्रपा महाधिवेशन : अध्यक्षको उम्मदेवारी शुल्क १ लाख

लोकपथ
455
Shares

काठमाडौं । बुधबारबाट काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाविधेशन जारी छ ।

राप्रपाले अध्यक्षको उम्मदेवारी शुल्क १ लाख तोकेको छ । त्यस्तै उपाध्यक्ष पदका लागि ७५ हजार शुल्क तोकिएको छ । केन्द्रीय निर्वाचन प्रणालीले एक सूचना जारी गर्दै सो बारेमा जानकारी गराएको छ ।

यसैगरी महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ तोकिएको निर्वाचन समितिले जनाएको छ ।

राप्रपा महाधिवेशनले अध्यक्ष, १ महिलासहित ४ जना उपाध्यक्ष, १ महिलासहित ३ जना महामन्त्री र १४१ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन गर्दैछ । बुधबारबाट सुरु भएको एकता महाधिवेशनमा निर्वाचन भने शुक्रबार मात्रै हुनेछ । हालसम्म राप्रपाको अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङदेनले उम्मदेवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?