विभिन्न मितिमा बरामद गरिएको लागुऔषध नष्ट

कलैया- इलाका प्रहरी कार्यालय सिमराले ठूलो परिमाणमा नियन्त्रणमा लिएको अवैध लागुऔषध आज नष्ट गरेको छ । 

प्रहरी निरीक्षक भुवन भट्ट नेतृत्वको टोलीले विभिन्न मितिमा लागुपदार्थ बरामद गरेको थियो ।

कलैया उपमहानगरपालिका र इलाका प्रशासन कार्यालय सिमराका प्रतिनिधि तथा पत्रकारको संयुक्त रोहवरमा चरेश ७६ किलो, गाँजा सात किलोग्राम आदि नष्ट गरिएको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय सिमराले बरामद गरेको एक हजार २३५ लिटर घरेलु मदिरासमेत नष्ट गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?