दुनियाँका लागि खलनायक बन्दैछ अमेरिका, इयुले समेत ग-यो विरोध

अमेरिका लगातार दुनियाँका कैयन् देशलाई तनाव दिँदैछ । इरानसँग परमाणु सम्झौता तोडेपछि अमेरिका युरोपीय देशका आँखामा पनि खड्किन थालेको छ । जर्मनीकी चांसलर एन्जेला मर्केलले अमेरिकाले मध्यपूर्वको स्थितिलाई अझै बढी बिगारिदिएको स्वीर्काछिन् ।

उनले रुसी राष्ट्रपति भलाद्मिर पुटिनसँग भएको भेटघाटमा यस्तो बताएकी हुन् । दुवै नेताका बीच मध्यपूर्वका अन्य देशका समस्यासँगै परमाणु सम्झौतासँग जोडिएका बिन्दुका बारेमा चर्चा भएको थियो ।

मर्केलका अनुसार सम्झौता इरानको परमाणु कार्यक्रम पारदर्शी बनाउनका साथ उसलाई नियन्त्रित राख्नका लागि महत्त्वपूर्ण थियो । बदलिँदै गरेको अमेरिकालाई लिएर जर्मनीका जनताको सोच पनि बदलिदै गएको एक सर्वेक्षणले बताएको छ । रुस र अमेरिका दुईतिर हुँदा जर्मनीका जनता रुसतिर ढल्किन खोजेको बताइएको छ । बताइएको छ कि, जर्मनका जनतालाई अमेरिकाप्रतिको भरोसा टुटिसकेको छ ।

मर्केलका अनुुसार डोनाल्ड ट्रम्पले साथीका रुपमा भन्दा पनि दुस्मनका रुपमा काम गरिरहेका छन् । अझ ईयू प्रमुखले यूरोपीय नेताले ट्रम्पको फैसलाको विरुद्ध संयुक्त युरोपीय मोर्चा बनाउने अपील समेत गरेका छन् । उनले पत्रकारसँग भनेका छन् – ट्रम्पसँग आभारी हुनुपर्छ, किनकि उनले सबै भ्रमलाई हटाइदिएका छन् ।

अमेरिकाको फैसलापछि युरोपियन संघले २८ देशका सम्झौता अन्तर्गत अझै पनि इरानसँगको व्यापार जारी राख्ने भएको छ । सबै देश सम्झौतामा प्रतिबद्ध पनि भएको बताइएको छ । एटोमिक इनर्जी अर्गनाइजेसन अफ इरानका प्रमुख अली अकबर सालेहीले पनि अन्तराष्ट्रिय सम्झौताका लागि अमेरिका भरोसा गर्न लागेको देश नभएको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?