अमेरिका – अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ग्रह खोजी उपग्रह चन्द्रमाको एकदमै नजिक पुगेको छ । यो उपग्रह चन्द्रमादेखि झण्डै ८ हजार किलोमिटर को दूरी नजिक पुगेको थियो ।
साथै उक्त उपग्रहले २ लाखभन्दा धेरै सितारा भएको तस्वीर पनि पठाएको बताइएको छ ।
वैज्ञानिकको टिमले चारमध्ये एक क्यामेराको प्रयोग गर्दै दुई सेकेन्डमा तस्वीर खिचेको थियो । वैज्ञानिकले चार क्यामेराको उपयोग गरेर ४ सय गुणा टाढाका तस्वीर कैद गर्ने लक्ष्य राखेको छ ।
खबरका अनुसार नासाका केही वैज्ञानिकको टिमले ब्रह्माण्डमा सबैभन्दा चिसो ठाउँ बनाउन लागिपरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया