काठमाडौं– विगतका वर्षहरुमा तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वेपत्ताहरु र उनीहरुको परिवारबारे चासो दिँदै विज्ञप्ति निकाल्थे । कार्यक्रममा सहभागि भएर वेपत्ता परिवारलाई सान्त्वना पनि दिन्थे । उनीमात्रै होइन माओवादी केन्द्रका सिंगो नेताहरु पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडा पुग्थे ।
तर, अहिले अवस्था फेरिएको हो कि भन्ने वेपत्ता परिवारमा परेको छ । नपरोस् पनि कसरी, एमाले र माओवादी केन्द्रबीच एकता भएसँगै वेपत्ता स्मृति दिवसमा प्रचण्ड सहभागि त भएनन् नै कुनै विज्ञप्ति पनि निकालेनन् । उनी व्यवस्त भएको भन्दै कार्यक्रममा सहभागि नभएको जानकारी दिइयो ।
सोमबार तत्कालिन नेकपा माओवादी केन्द्रले मनाउँदै आएको वेपत्ता स्मृति दिवस एमालेसँग एकता भएपछि पनि मनाइयो तर, प्रचण्ड र केपी ओली दुबै अध्यक्ष सहभागि नभएका हुन् ।
वेपत्ता परिवार समाज नेपालको ब्यानरमा नेकपाको कार्यालय (तत्कालिन नेकपा माओवादीको कार्यालय) कोटेश्वर पेरिसडाँडामा भएको सभामा प्रमुख अतिथिको रुपमा नेकपाका नेता सुवासचन्द्र नेम्वाङको उपस्थिति रह्यो । नेम्वाङले विशेष कारणले ओली र प्रचण्ड बैठकमा सहभागि हुन नसकेको बताए ।
उनले वेपत्ता परिवारको पीडाबारे पार्टी गम्भीर रहेको भन्दै सधै पीडामा बल्झिरहने अवस्था आउँन नदिने प्रतिबद्धता जनाए ।
सहीद, वेपत्ता र घाइतेहरुको त्यागले अहिलेको अवस्थासम्म आइपुगेको भन्दै नेम्वाङले सहिद र वेपत्ताहरुको सपना पूरा गरिछाड्ने बताए ।
उनले भने, ‘तपाईँको पीडा मैले मशसुस गरेको छु । जनयुद्धकालमा मैले पनि पीडितको पक्षमा मुद्दा लडेको छु । निरंकुशताको विरुद्ध लड्दा नै अहिलेको अवस्थामा आएको छ ।’
नेकपाका शीर्ष नेता सहभागि नभएको कार्यक्रममा नेताहरु हितमान शाह्य, झक्कु सुवेदी, अजयशंकर नायक लगायत भने सहभागि थिए ।
सभामा सहभागि कतिपय वेपत्ता परिवारले पार्टी एकतापछि आफूहरुलाई नेतृत्वले बिर्सिएको भन्दै दुखित समेत देखिन्थे ।
यद्यपी पार्टी एकता भएकोमा भने उनीहरुले सुखी जनाउँदै आफूहरुलाई पनि सँगसँगै लिएर गए हुन्थ्यो भन्ने भाव जनाएका पाइन्थे ।
स्मरण रहोस् एकताको भोलिपल्ट पेरिसडाँडाको पार्टी कार्यालय अवलोकनको क्रममा वेपत्ताको शालीकमा ओलीसहित प्रचण्डले माल्यापर्ण गरेका थिए ।
२०५५ साल जेठ ७ गते तत्कालीन प्रहरीले काठमाडौंको सुन्धारास्थित टेबहालबाट माओवादी केन्द्रीय सदस्य दण्डपाणी न्यौपाने र मिलन नेपालीसहित चार जनालाई गिरफ्तार गरी बेपत्ता बनाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया