काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता फेरिएका छन् । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शैलेश थापालाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको छ ।
यसअघि प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका मनोज न्यौपानेलाई महानगरीय प्रहरी आयुक्तको कार्यालयमा सरुवा गरिएपछि प्रवक्ताको जिम्मेवारी एसएसपी शैलेश थापालाई दिइएको हो ।
प्रहरी प्रधान कार्यालउका अनुसार अब उनले नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथ्यगत रुपमा सञ्चार माध्यमहरुमा सम्प्रेषण् गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया