मुख्यमन्त्री राउतको भ्रमण रोक्नु निन्दनीय : समाजवादी फोरम

विरगंज : २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलार्इ अमेरिका भ्रमण जानबाट रोकेकोमा संघीय समाजवादी फोरमले अापत्ती जनाएको छ । फोरमका सांसद प्रदीप यादवले संघीय सरकारले प्रदेशका मुख्यमन्त्रीको विदेश भ्रमणमा रोक लगाएर मधेशविरोधी काम गरेको अारोप लगाएका छन् । 

वीरगंजमा पत्रकार सम्मेलन गर्दै फोरम नेपाल पर्साका अध्यक्षसमेत रहेका यादवले प्रदेश नम्बर २ लार्इ कमजोर बनाउन संघीय सरकार लागिपरेको दाबी गरे । मुख्यमन्त्रीको अमेरिका भ्रमण रद्द गर्ने निर्णय सच्च्याउनुपर्ने यादवको तर्क छ । अार्इतबार बेलुकी बसेको मन्त्रीपरिषद् बैठकले मुख्यमन्त्री राउतलार्इ अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको छ।

चैत २८ गते नरेन्द्र मोदी जनकपुर अाउँदा नेपालको संविधान विभेदकारी भएको राउतले बताएका थिए । राउतको अभिव्यक्तिलार्इ लिएर व्यापक अालोचना र विरोध भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा अोलीले राउतप्रति लक्षित गर्दै संसदमै नेपालको कुटनीतिक मर्यादा र सार्वभाैभसत्ताका विरूद्द केही अभिव्यक्ति अाएको प्रतिक्रिया दिएका थिए । राउतको विदेश भ्रमणमा रोक लगाउनुका पछाडि उनको अभिव्यक्तिमाथिको सरकारी असन्तुष्टिका रूपमा मधेशवादी पार्टीहरूले व्याख्या गरेका छन् ।

मुख्यमन्त्री राउत जनरल कन्भेन्सन अफ मधेशी एसोसियसन र्इन अमेरिका नामक कार्यक्रममा भाग लिन अमेरिका जान लागेका थिए । प्रदेशका पदाधिकारी विदेश भ्रमणमा जानुअघि केन्द्र सरकारको अनुमति लिनुपर्ने संवैधानिक व्यवस्थाबमोजित प्रदेश सरकारले भ्रमण स्वीकृत गरिदिन केन्द्र सरकारसँग अनुमति मागेको थियो । 

केन्द्र सरकारले हाल प्रदेशमा कानून, बजेट, नीति र कार्यक्रम तर्जुमा गर्नुपर्ने भएको र मुख्यमन्त्रीको भूमिका महत्वपूर्ण हुने जनाउँदै राउतको भ्रमण रोकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?