यसरी ल्याउनेछ सरकारले नीति तथा कार्यक्रम

काठमाडाैं : सरकारले अाज अाफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । एसियाकै तेस्रो शक्तिशाली कम्युनिष्ट पार्टीले ल्याउन लागेको नेपालको नीति तथा कार्यक्रममाथि धेरैको चासो छ । 

सरकारले अाफुले गर्ने काम एवं अाफ्ना प्राथमिकताका क्षेत्रबारे जानकारी दिन ल्याउने नीति तथा कार्यक्रममा राजनीतिक प्रतिबद्दता र निर्वाचनमा नागरिकसामु गरिएका बाचाबन्धनलार्इ समावेश गर्ने गरिन्छ । निकै महत्वाकांक्षी सामाजिक, अार्थिक र भाैतिक पूर्वाधार विकासको अाश्वासन दिएर विघटित नेकपा एमाले र माअोवादी केन्द्रले प्रदेश र केन्द्रको चुनाव लडेका थिए । चुनाबी वाचा र

सिमित स्रोतसाधन र क्षमताका कारण नागरिकसामु गरिएको अाश्ववासन पुरा गर्न कम्युनिष्ट सरकारलार्इ सकस पर्ने देखिन्छ । सामाजिक सुरक्षा भत्ताको पूर्वप्रतिबद्दतालार्इ पुरा नगर्ने संकेत सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले दिर्इसकेका छन् । दिउँसो ४ बजे प्रतिनिधीसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गरेपछि नै सरकारले अाफ्नो बाचा कसरी पुरा गर्नेछ, थाहा हुनेछ । 

यसरी अाउँदैछ नीति तथा कार्यक्रम :
नीति तथा कार्यक्रम सार्वजनिक गर्न सरकारले विशेष तयारी गरेको छ । यो विशेष कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका शीर्ष नेताहरु, सरकारका उच्च अधिकारीहरु, संवैधानिक आयोगका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु र कूटनीतिक नियोगका प्रमुखहरुलार्इ निम्त्यार्इएको छ । 

दिउँसो ४ बजे राष्ट्रपतिले संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम वाचन गरेर सुनाउनेछिन् । 

नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै राष्ट्रियसभा र प्रतिनिधिसभाको बेग्लाबेग्लै बैठक बसी राष्ट्रपतिप्रति धन्यवाद व्यक्त गरिनेछ ।

त्यसपछि, सदनमा केहिबेर सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

सांसदहरूले उठाएको सवालमा प्रधानमन्त्री केपी शर्मा अोलीले जवाफ दिनेछन् ।

प्रधानमन्त्रीले जवाफ दिर्इसकेपछि दुवै सभामा सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रश्तुत हुने र संसदले पारित गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?