काठमाडाैं : उच्च हवार्इ चाप र उडान/अवतरण सहज बनाउन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सञ्चालन अवधि थप गरिएको छ । यसअघि दैनिक १८ घण्टामात्र सञ्चालन भर्इरहेको मुलुकको एकमात्र अन्तरराष्टिय विमानस्थलमा अाजदेखि दैनिक २१ घण्टासम्म उडान र अवतरण गर्न सकिनेछ ।
यसअघि बिहान ६ बजेदेखि राती १२ बजेसम्म विमानस्थल सञ्चालन गर्ने गरिएकोमा यात्रुलार्इ सहज सेवा दिने जनाउँदै सरकारले हरेक दिन विहान ६ बजेदेखि अर्को दिन बिहान ३ बजेसम्म विमानस्थल सञ्चालन गर्न लागेको हो । अब बिहान ३ बजेदेखि ६ बजेसम्मको अवधि अर्थात जम्मा २ घण्टा मात्रै विमानस्थलमा उडान र अवतरण रोकिने नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले २४ सै घण्टा विमानस्थल सञ्चालन गर्नेगरि तयारी थालेको थियो । तर, स्रोतसाधन, उपकरण एवं विमानस्थलमा प्राविधिज्ञ र जनशक्ति कमी भएकाले तत्काल २१ घण्टासम्म सञ्चालन गर्न लागिएको हो । दैनिक समयलार्इ पूर्ण उपयोग गरि विमानस्थल सञ्चालन नगर्दा यसअघि हवार्इ ट्राफिक जाम र छोटो समयमा अत्याधिक उडान र अवतरणले विमानस्थलको निर्वाध सञ्चालनमा समस्या देखिँदै अाएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मन्त्री पदमा नियुक्त हुँदा अाफ्नो सय दिने कार्ययोजना सार्वजनिक गर्दै विमानस्थललार्इ पूर्ण क्षमता र पुरै समय सञ्चालनमा ल्याउने उल्लेख गरेका थिए । उडान र अवतरण अवधि लम्ब्याउन मन्त्री अधिकारीले निरन्तर छलफल गरेका थिए ।
एउटामात्र अन्तरराष्ट्रिय विमानस्थलका कारण सामान्य दुर्घटना हुँदा पनि प्लेनलार्इ अाकाशमै होल्ड गर्नुपर्ने या अन्यत्र डार्इभर्ट गर्नुपर्ने समस्या छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया