सरकारको नीति तथा कार्यक्रम अाज

काठमाडाैं : अागामी अार्थिक बर्षको बजेटमा समावेश हुने विषयहरूलार्इ समेटेर सरकारले अाज नीति तथा कार्यक्रम ल्याउँदैछ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ४ बजे संघीय संसद्को संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम पेश गर्नेछिन् । 

अार्इतबार बेलुकी बसेको मन्त्रीपरिषद्को बैठकले संयुक्त सदनलार्इ राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रमसम्बन्धी प्रस्तावलार्इ स्वीकृत गरेको थियो । 

सरकारको नीति तथा कार्यक्रममा संयुक्त घोषणापत्र लिएर गएका विघटित एमाले र माअोवादी केन्द्रले चुनावमा जनतासामु गरेका लिखित र माैखिक प्रतिबद्दताहरू समेटिने बतार्इएको छ । तर, जनजीविकासँग प्रत्यक्ष सम्बन्धित लोककल्याणकारी क्षेत्रमा गरेको प्रतिबद्दता भने सरकारले पुरा नगर्ने भएको छ । 

बृद्दभत्तालार्इ प्रतिमहिना पाँच हजार रूपैयाँ पु-याउने र रोजगारीभत्ता दिनेजस्ता लोकप्रिय नारा दिएर वाम गठबन्धनले चुनाव जितेको थियो । दुर्इ दल एक भएपछि नेपालको कम्युनिष्ट पार्टी अहिले एसियाकै तेस्रो शक्तिशाली कम्युनिष्ट पार्टी बनेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?