कास्की- अदालतले कांग्रेस नेता रामजी पौडेल बादलको हत्यामा संलग्न ६ जनालई जन्मकैदको फैसला गरेको आजको कान्तिपुर दैनिकमा खबर छ ।
न्यायधीश उमेशप्रसाद लुईटेलको इजलासले आइतबार राजु रानाभाट, रविन केसी, अशोक गुरुङ, सन्दीप गुरुङ, प्रकाश गुरुङ, र विश्वास गौतमलाई जन्मकैदको फैसला गरेको हो ।
२०७२ साउच २८ मा पोखरा महानगरपालिकाको लामेआहालबाट गगनगौंडा आउने क्रममा उनको हत्या भएको थियो ।
दोषी ठहर भएका ६ जना नै कांग्रेसका कार्यकर्ता हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया