आईपीएलमा सन्दीप लामिछानेले लिए तीन विकेट, दिल्लीले जित्यो

काठमाडौं– आज साँझ सम्पन्न आईपीएल क्रिकेटमा नेपाली दिल्ली डेयर डेभिल्सले मुम्बई इण्डियन्सलाई ११ रनले पराजित गरेको छ ।

खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

१७५ रनको लक्ष्य पछ्याएको मुम्बईले अन्तिम ३ बल खेल्नुअघि सबै विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो ।

मुम्बईको ब्याटिङ ध्वस्त बनाउने क्रममा नेपाली बलर सन्दिप लामिछानेले तीन विकेट लिए ।  उनको उत्कृष्ट प्रदर्शनसँगै मुम्बई इण्डियन्स निशास बन्न पुग्यो ।

खेलमा ४ ओभर बलिङ गरेका सन्दीपले ३६ रन खर्चिएर ३ विकेट लिएका थिए  ।

पहिलो ओभरमा बलिङ गर्न आएका सन्दीपले सूर्यकुमार यादवलाई आउट गरेका थिए ।

यस्तै  १० औं ओभरको दोस्रो ओभर बलिङमा आएका उनले पहिलो बलमै  किरोन पोलार्ड र तेस्रो बलमा क्रुनाल पाण्डेयलाई आउट गरे ।
 

त्यसपछिका ओभरमा भने उनले विकेट लिन सकेनन् । आईपीएलमा सन्दीपको यो तेस्रो खेल थियो ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?