काठमाडौं । नेपाली कांग्रेसका शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद पौडेल कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।
सोमबार सम्पन्न निर्वाचनमा कास्की क्षेत्र नं ३ बाट डा. पौडेल मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
डा. पौडेलले कास्की क्षेत्र नं ३ बाट खुला तर्फ विभिन्न एजेण्डासहित आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।
शिक्षा विभागले तयार पारेको ‘राष्ट्रिय शिक्षा नीति’ को प्रस्तावित प्रतिवेदनलाई १४ औँ महाधिवेशनमा घनिभूत छलफल गरी यसले अंगीकार गरेका उदेश्यहरुका बारेमा सबैलाई औचित्य प्रष्ट पार्ने, पार्टीमा बैचारिक बहसको मुद्दालाई स्थापित गरी संस्थागत गर्ने, राजनीतिमा युवा तथा विज्ञको प्रतिनिधित्व सुनिश्चितता गराउने लगायतको उनका प्रतिबद्धताहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया