काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्धामा फरार मीना लामालाई इन्टरपोल प्रहरीको सहयोगमा कुवेतबाट पक्राउ गरी आइतवार काठमाडौं ल्याइ पु¥याइएको छ ।
‘प्रिती’ नाम गरेकी युवतीलाई बैदेशीक रोजगारको प्रलोभनमा पारी भारतको बाटो हुदै कुवेत पु¥याइ विक्री गरेको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले मीनालाई पक्राउ गर्न एकवर्षअघि इन्टरपोल मार्फत रेडकर्नर नोटिस जारी गरेको थियो ।
प्रहरी प्रवक्ता मनोज न्यौपानेले मीनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरी थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको जानकारी दिएका हुन ।
सिन्धुपाल्चोक गुन्सा घर भएकी मीना र उनका श्रीमान श्यामबहादुर लामाले सामान्य चिनजानकी ती युवतीलाई आर्थिक प्रलोभनमा पारी कुवेत पु¥याइ विक्री गरेका थिए ।
बैदेशीक रोजगार न्यायधिकरणले एकवर्ष छ महिना कैद र एकलाख ५० हजार जरिवाना सजाय फैसला गरेका महोत्तरी रामनगरकी ३१ वर्षीय आरती गिरीलाई आइतवार कमलपोखरीबाट पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार, इजरायल पठाइ दिन्छु भन्दै गिरीले पदमसुन्दर श्रेष्ठबाट तीनलाख ३० हजार नगद उठाइ फरार भएकी थिइन ।
यसैबीच, बुढानिलकण्ठस्थित पैयाटारमा रहेको अबैध घरेलु मदिरा उत्पादन कारखानामा महानगरीय प्रहरी वृत्त महाराजगञ्जले छापा मारेको छ ।
खाली जग्गा भाडामा लिइ मदिरा उत्पादन गरिरहेको अवस्थामा सोलुुखुम्बुकी पोमिला राई र दोलखाका सरु तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट मदिरा उत्पादन गर्न तयार पारिएको १५ हजार लिटर कच्चा पदार्थ र चारहजार लिटर घरेलु मदिरा बरामद भएको छ । मदिरा उत्पादन गर्न उनीहरुले १० वटा टिनको टहरा बनाइएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया