नुवाकोट क्षेत्र नं १ मा कांग्रेस अधिवेशन : १२४ मतान्तरले धुव्र श्रेष्ठ विजयी (विवरणसहित)

लोकपथ
1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवशेन अन्तर्गत नुवाकोटको क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा ध्रुव श्रेष्ठ विजयी भएका छन् । सोमबार सम्पन्न निर्वाचनको मंगलबार बेलुकी सार्वजनिक नतिजा अनुसार श्रेष्ठ विजयी भएका हुन् ।

श्रेष्ठले उनको निकटतम प्रतिद्धन्द्धी विसम रिमाललाई १२४ मतान्तरले पराजित गरेका हुन् ।

विजयी भएका श्रेष्ठलाई नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु डा. रामशरण महत र बहादुर सिंह लामा (महत-लामा) समूहको समर्थन रहेको थियो । भने रिमाललाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसीको समर्थन रहेको छ ।

सोमबार सम्पन्न निर्वाचनमा कुल ९२१ मत झरेको थियो । त्यसमध्ये श्रेष्ठले ५११ मत प्राप्त गरेका थिए भने रिमालले ३८७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यस्तैगरी श्रेष्ठको समूहबाट युवा नेता शिव गुनीले ४७६ मतसहित विजयी भएका छन् भने केसी समूहबाट जगदिश कुँइकेलले ४४१ मतसहित जित हासिल गरेका छन् ।

त्यस्तै महत-लामा समूहबाटै सहसचिवमा ४९१ मतसहित ठाकुरप्रसाद लामिछाने र ४९९ मतसहित वीरबहादुर तामाङले जित हासिल गरेका छन् । भने अन्य सदस्यहरुमा पनि लामा महत समूहकै वर्चस्व रहेको एक नेताले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?