कैलाली । नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा बोहरा पराजित भएका निर्वाचन समितिले जनाएको छ ।
उनी पूर्व मन्त्री रमेश लेखक निकट मानिन्छन् । महाधिवेशन प्रतिनिधिमा पराजय व्यहोरेसँगै जिल्ला सभापतिमा पुनः दोहोरिने बोहराको आकांक्षामा धक्का लागेको छ । विधानअनुसार अब उनी जिल्ला सभापतिमा उम्मेदवारी दिन पाउने छैनन् । महधिवेशन प्रतिनिधिमा बोहरा हारेपनि एनपी साउद निकट मानिने बहादुरसिंह थापा भने विजयी भएका छन् ।
यस्तै जिल्ला उपसभापति र सचिवले पनि महाधिवेशन प्रतिनिधिमा पराजय व्यहोरेका छन् । प्रचारप्रसार विभागका प्रमुख चक्रबहादुर महताका अनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उपसभापति बन्धु राना र क्षेत्र नम्बर ३ बाट सचिव ईश्वरी जोशी पराजित भएका हुन् । जोशी नेता रमेश लेखकका प्रमुख स्वकीय सचिव पनि हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया