द ब्रिटिस कलेजको सातौं दीक्षान्त समारोह सम्पन्न

लोकपथ
28
Shares

काठमाडौं । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल(बीएसी)को मान्यताप्राप्त नेपालको एकमात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)को सातौं दीक्षान्त समारोह सम्पन्न भएको छ । ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको टीबीसीमा लिड्स बेकेट युनिभर्सिटी (एलबीयु) तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (यूडब्लुई)को सम्बन्धनमा अध्यायनरत विद्यार्थीहरु दीक्षित भएका हुन्।

कोरोना महामारीको कारण गत वर्षको दीक्षान्त समारोह भर्चुअल्ली सम्पन्न भए पनि यस वर्ष भने कोरोना संक्रमण केही नियन्त्रणमा रहेको हुँदा भौतिक उपस्थितिमै हायात रिजेन्सी होटलमा कार्यक्रमको आयोजना गरिएको हो । यद्यपि, कार्यक्रम स्थलमा कोरोना संक्रमण नियन्त्रणको मापदण्डलाई पालना गरिएको थियो । त्यस्तै, सीमित व्यक्तिहरुलाई मात्रै कार्यक्रम स्थलमा निम्तो गरिएको थियो भने कार्यक्रममा उपस्थित हुन नसक्नेहरुको लागि प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको थियो।

सम्पन्न दीक्षान्त समारोहलाई दुई भागमा विभाजन गरिएको थियो। विजनेश विषयका विद्यार्थीहरुलाई बिहानको समयमा र आईटीका विद्यार्थीहरुलाई दिउँसोको समयमा दीक्षित गरिएको थियो । समारोहमा स्नातक तथा स्नातोकोत्तर तहका गरी जम्मा ४१९ जना विद्यार्थीहरु दीक्षित भएका हुन्।

कोरोनाकै कारण उपस्थित हुन नसकेका कलेजको सल्लाहकारहर जोन एडवर्ड होलिस्टर मोन्टागु, माइकल रुटल्याण्ड, प्रोफेसर फर्गस लियोनलगायतले दीक्षान्त समारोहलाई भर्चुअल्ली सम्बोधन गरेका थिए ।

त्यस्तै, युनिभर्सिटी अफ वेस्ट अफ इंग्ल्याण्डका भाइसचान्सलर तथा अध्यक्ष स्टीभ वेस्ट– सीबीइ, लिड्स बेकेट युनिभर्सिटीका प्रोफेसर तथाप्रो भाइस चान्सलर जिनकिए, ब्रिटिस कलेजका एक्जिक्यूटिभ प्रिन्सिपल डा. मेरी बिशपले पनि स्वागत मन्तव्य राख्दै दीक्षित विद्यार्थीहरुलाई बधाई दिएका थिए । कलेजका सल्लाहकार डा. अर्जुन कार्कीलगायत भने व्यक्तिगत रूपमै उपस्थित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?