काठमाडौं : विघटित माअोवादीका तर्फबाट नेपाल कम्युनिष्ट पार्टीको स्थायी र केन्द्रीय कमिटीमा रहने सदस्यहरूको टुंगो अाज लाग्दैछ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अार्इतबार बेलुकीसम्ममा नामावली टुंगो लगाउने गरि छलफल थालेका छन् । नेकपाको ४५ स्थायी सदस्य कोटामध्ये विघटित माअोवादीका लागि १९ र ४ सय ४१ केन्द्रीय सदस्यमध्ये २ सय कोटा छुट्यार्इएको छ ।
विघटित एमालेका तर्फबाट पनि केन्द्रीय संगठनमा नामावली टुंग्याउने कसरत भर्इरहेको छ । प्रचण्ड समुहले पनि अाज दिउँसोसम्ममा नामावली टुंगो लगार्इसक्ने तयारी गरिरहेको नेकपाका एक नेताले जानकारी दिए ।

जेठ ३ गते नेकपा एमाले र नेकपा (माअोवादी केन्द्र) विघटन गरि नेपाल कम्युनिष्ट पार्टीका नाममा दुर्इ सत्ताधारी बाम दल एक भएका हुन् । एकतालगत्तै पार्टी सञ्चालनका लागि ९ सदस्यीय सचिवालय वनिसकेको छ ।
तत्कालीन माअोवादीको भद्रगोल संगठनात्मक संरचनाका कारण केन्द्रीय सदस्यको संख्या नै ४ हजार हाराहारीमा थियो । अाफ्ना संगठनहरूमा कति सदस्यता छ भन्नेमै तत्कालिन माअोवादीसँग तथ्यांक छैन ।
सांगठानिक अस्तव्यस्तता र शक्ति एवं पद अपेक्षा गर्नेहरूको लामो सूचीलार्इ छाँटेर केन्द्रीय नेता छनोट गर्नु नेकपाका प्रचण्ड धारलार्इ निकै कठीन देखिएको छ । युद्दकालदेखि योगदान गरेका, शान्तीप्रकृयामा अाएपछि माअोवादीको सार्इज ठूलो बनाउन अन्य पार्टीबाट प्रवेश गरेका र अार्थिक लगायतका विषयमा नेतृत्वसँग सम्बन्ध रहेका नेताहरूले स्थायी कमिटीदेखि केन्द्रीय सदस्यसम्म अाफुलार्इ राखिनुपर्ने माग गरिरहेको एक नेताले जानकारी दिए ।
केन्द्रीय कमिटीमा भन्दा पनि स्थायी कमिटीमा अाफुलार्इ नछुटाउन अधिकांश नेताहरूले प्रचण्डलार्इ दबाब दिएका छन् ।
यी हुन् स्थायी कमिटि सदस्यका आकांक्षी :
मातृका यादव, रामचन्द्र झा, प्रभु साह र गणेश शाह (मधेशका नेता)
अग्नि सापकोटा (पुराना नेता), हरिबोल गजुरेल, मणी थापा, लेखराज भट्ट, अमिक शेरचन, लिलामणी पोखरेल, राम कार्की (माओवादीका र एकता प्रकृयाबाट आएका नेताहरू)
देवेन्द्र पौडेल (माओवादी छाडि नयाँ शक्ति गठन गरि पुन : माओवादीमा फर्किएका)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया