झापामा बसले ठक्कर दिँदा एकको मृत्यु

सुरूङ्गा (झापा) : झापाको कन्काई नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बसले ठक्कर दिँदा शनिबार राति एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

मे १ ख २२८३ नम्बरको बसले ठक्कर दिँदा अन्दाजी ३४ वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार हालसम्म मृतकको नाम, थर र वतन खुल्न सकेको छैन ।

 पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका लागि मेची अञ्चल अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?