प्रधानमन्त्री अोली चीन जाँदै

काठमाडाैं : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष के.पी. अोली जेठको तेस्रो हप्ताभित्र चीन भ्रमणमा जाने भएका छन् ।

शनिबार बसेको नेकपाको संसदीय दल बैठकमा अोलीले चीन भ्रमणबारे पार्टीलार्इ जानकारी गराएका हुन् । 

भारत र चीनसँग समदुरी सम्बन्धको वकालत गरिरहेका प्रधानमन्त्री अोलीले सम्बन्ध विस्तारकै लागि अाफु चीन जान लागेको बताएका हुन् । सन्तुलित छिमेक सम्बन्ध र राष्ट्रिय स्वाधीनताको जगमा भारत र चीनसँग सम्बन्ध विकास भर्इरहेको अोलीले दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?