ठूला जीवन बीमा कम्पनीहरूको नाफामा उच्च गिरावट

लोकपथ
35
Shares

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालका नाम चलेका ठूला बीमा जीवन कम्पनीहरूको नाफामा उच्च कमी देखिएको छ । पहिलो त्रैमासमा नेपाल लाइफ, एलआईसी नेपाल, नेशनल लाइफ, मेट लाइफ, गुराँस लाइफ गरेर पाँच कम्पनीको नाफा घटेको हो ।

नेपाली बजारमा यी कम्पनी बढी नाफा कमाउने भनेर चिनिन्छन् । तर, यसपटक यिनीहरूको नाफा नराम्ररी घटेको छ ।

नेपाल लाइफ इस्योरेन्स नाफा कमाउने कम्पनीहरूमा पहिलो नम्बरमा पर्दै आएको थियो । तर, यसपालि उक्त कम्पनीको नाफा घटेको छ । त्यसमाथि नाफा कमाउने कम्पनीहरूको सूचीमा उक्त कम्पनी सबैभन्दा पछाडि पर्न गएको छ । समीक्षा अवधिमा नेपाल लाइफको नाफा ९६ दशमलव ९३ प्रतिशतल घटेको छ ।

एलआईसी नेपालको नाफा ४४ दशमलव ९० प्रतिशत र नेशनल लाइफको नाफा २६ दशमलव ७२ प्रतिशतले घटेको छ । मेट लाइफको नाफा १० दशमलव ५८ प्रतिशत र गुराँस लाइफको नाफा ४ दशमलव १५ प्रतिशतले घटेको छ ।

नेपालमा हाल १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । आर्थिक अभियानमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?