कालीखोलामा फेरि पहिरो खस्यो, नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

मुग्लिङ : कालीखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड बन्द भएको छ ।

आज बिहान ५ः३० बजे सडकमा पहिरो खसेको थियो । पहिरो निकै ठूलो रहेकाले पन्छाएर सडक सुचारू गराउन केही समय लाग्ने प्रहरीले जानकारी दिएको छ । 

गत हप्ता पनि कालीखोलामै पहिरो खस्दा सडक अावागमन दिनभरजसो रोकिएको थियो । हाल यो खण्डमा सडक विस्तारको काम भएको र सडक फराकिलो बनाउँदा पहाड काटिएकाले पहिरो खस्ने समस्या बढेको छ । तर, सडक विभाग र निर्माण व्यवसायीले पहिरो रोकथामका लागि खास उपाय अपनाएका छैनन् ।

दिउँसोको समयमा सो सडक बन्द गरिने हुँदा सवारीको चाप बिहान बेलुका बढी हुने गर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?