काठमाडाैं : र्इंग्लिस फुटबल क्लब चेल्सीले 'एफए कप' को उपाधि जितेको छ । शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै चेल्सीले आठौं पटक उपाधिमाथि कब्जा जमायो ।
इडेन हाजार्डले २२ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै चेल्सीको जितका लागि निर्णायक बनेको थियो । फिल जोन्सले पेनाल्टी बक्समा फाउल हानेपछि चेल्सीले पेनाल्टी पाएको थियो । लगातार दोस्रो बर्ष फाइनल खेलेको चेल्सी हाजार्डको गोलले चेल्सीले निराश हुन परेन ।
गत वर्ष चेल्सी फाइनलमा आर्सनलसँग पराजित भएको थियो । पछिल्लो जीत सम्भवत : चेल्सी छोड्नु पर्ने अवस्थामा रहेका प्रशिक्षक एन्टोनियो कोन्टेका उपहार ठानिएको छ । किनकि, एफए कपसँगै कोन्टेको चेल्सी बसार्इ लगभग टुंगिएको अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया