काठमाडौँ- नेकपाको गठनपछि शनिबार पहिलो पटक संसदीय दलको बैठक बस्यो | बैठकलाई अध्यक्ष केपी ओली र प्रचण्डले सम्बोधन गरे | बैठकमा ओलीले आपसमा कसरी मिल्ने भनेर विश्वलाई सन्देश दिने प्रकारले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता भएकाले अब यसलाई विधि, विकास र समृद्धिका लागि उपयोग गर्न आग्रह गरे । दुई पार्टीबीच यही जेठ ३ गते एकता भएको थियो ।
यस्तै प्रचण्डले जनतमतबाट मुलुकको ठूलो दल बनेको कम्युनिष्ट पार्टी भएकाले जनताको चाहनाबमोजिम युगलाई हाँक्न सबै सांसदले चनाखो भएर लाग्नुपर्ने बताए ।
बैठकले दलको नेतामा ओलीलाई सर्वसम्मत चयन गरे पनि उपनेता, प्रमुख सचेतक र सचेतकबारे नेताहरुले सल्लाह गरेर निर्णय गरिने सांसद देवप्रसाद गुरुङले जानकारी दिए ।

तस्बिर: रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया