काठमाडौं । युएर्इमा अष्टमी गुरूङ् आत्महत्या प्रकरणमा आरोपित भनिएका बंगलादेशी नागरिक साइमन काजीलार्इ युएईको उच्च अदालतले निर्दोष रहेको फैसला सुनाएको छ।
बलत्कार पछि मानसिक यातना दिर्इ आत्महत्या गर्न बाध्य भएको भनि सीधा कुरा जनतासँगको कार्यक्रम मार्फत भिडियो सार्बजनिक भएपछि आत्महत्या रहस्यमय भएको भन्दै नेपाली दुताबास युएर्इले अदालतमा साइमन काजी बिरूद्द मुद्दा दर्ता गरेको थियो।
त्यसैको फैसला स्वरूप युएर्इ अदालतले गत वैशाख ९ मा बंगलादेशी नागरिक साइमन काजी निर्दोष रहेको फैसला गरेको दुताबास आबुधावीले जनाएको छ। फैसला पश्चात उक्त कम्पनीले दुतावासलाई पत्र पठाएको र आफ्नो कम्पनीको कामदार निर्देष रहेको बताएको छ।
युएर्इको एक प्रतिष्ठित (अरेबियन गल्फ) क्लिनिङ् कम्पनी कार्यरत गोरखा आरूघाट २ की अष्टमी गुरूङ् गत नोभेम्बर ४ मा आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी थिर्इन्। उनको शवलार्इ १४ दिन पछि नेपाल लगी अन्तिम दाहसंस्कारको गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया