काठमाडाैं : निर्वाचन अायोगमा दर्ता भएको अाफ्नो दलकै नाम चोरेको जनाउँदै कम्युनिष्ट नेता ऋषिराम कट्टेलले नवगठित नेपाल कम्युनिष्ट पार्टीलार्इ 'गुण्डा' को संज्ञा दिएका छन् ।

नेपाली समाजमा कानुन हातमा लिएर हाकाहाकी दुस्कर्म गर्नेहरुलार्इ गुण्डा, लुकिछिपी गर्नेलाई चोर र वलपूर्वक गर्नेलाई डाँका भनिने जनाउँदै कट्टेलले कानुनको मुख्य पालक प्रधानमन्त्री नै अाफैं कानुन हातमा लिएकोमा अाक्रोश व्यक्त गरेका छन् ।
निर्वाचन कानुनमै एउटै नाममा दुर्इ वटा पार्टी दर्ता हुन नपाउने व्यवस्था भएपनि 'केपी अोली र प्रचण्ड नामका दुई जना गुण्डाहरु निर्वाचन आयोग गएको रआयोगका कर्मचारीलाई नेकपा नामको पार्टी दर्ता गर्न फर्मान जारी गरेको' अारोप कट्टेलले लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया