मोरङ : उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटनामा २४ वर्षीय मनकुमार धिमालको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक बालजीत सुब्बा घाइते भएका छन् ।
राति १२ बजे नगरपालिका–१ स्थित कान्छी चोकमा अत्यधिक गतिमा रहेको को २८ प ८३९२ नंको मोटरसाइकल अनियन्त्रित भई सडक किनारका रूखमा ठोक्किँदा पछाडि सवार धिमालको मृत्यु भएको हो । घाइते मोटरसाइकल चालक सोही ठाउँका ३९ वर्षीय बालजीत सुब्बालाई स्थानीय मंगलबारे अस्पतालमा उपचार गराई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया