भान्सा-भान्सामा असुरक्षित ग्यास सिलिन्डर

काठमाडौं – अधिकांश ग्यास कम्पनीले असुरक्षित सिलिन्डरमा ग्यास भरेर बजारमा पठाउने गरेका छन् । आजको नयाँ पत्रिकामा  समाचार छापिएको छ ।

भल्ब मर्मत गरिएका असुरक्षित सिलिन्डरमा ग्यास भरेर बजार पठाउने गरेको पाइएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । विभागले यसै आर्थिक वर्षमा गरेको अनुगमनका आधारमा यस्तो तथ्य पत्ता लागेको बताएको हो । अहिले बजार तथा भान्सामा करिब ७० लाख सिलिन्डर भएको विभागको अनुमान छ ।

विभागका अनुसार भल्ब मर्मत गरेर सिलिन्डरमा ग्यास भर्नु गैरकानुनी हो । यस्ता सिलिन्डर जोखिमपूर्ण हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?