काठमाडाैं : त्रिभुवन विश्वविद्यालयले अबदेखि सवै तहको पढार्इ समेस्टर प्रणाालीमा लैजाने भएको छ ।
सेमेष्टेर प्रणालीलाई व्यवस्थित एवं प्रभावकारी बनाउन त्रिविले प्राध्यापकहरूलाई तालिम नै दिएको छ। सेमेस्टर प्रणालीको पढार्इलार्इ प्रभावकारी रूपमा अघि बढाउन त्रिविले आंगिक क्याम्पस र विभागमा कार्यरत ३४ जना प्राध्यापकहरूलाई सेमेष्टर प्रणालीबारे तालिम दिएको हो ।
त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाले सबै तहको पढार्इ अबदेखि सेमेष्टर प्रणालीअन्तर्गत नै हुने जानकारी दिए । यसअघि योजना बनाएर सेमेष्टर प्रणाली लागु नगरिएकाले समस्या सिर्जना भएको, तर अबदेखि योजना बनाएरै कार्यान्वयन गर्ने दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया