गृह मन्त्रालयका अनुसार सशस्त्र द्वन्द्वपीडित परिवारलाई २० अर्ब रूपैयाँभन्दा बढी रकम राहतका नाममा बाँडिसकिएको छ। सरकारले द्वन्द्वका क्रममा मारिएका र बेपत्ता पारिएका व्यक्तिका हकदारलाई १० लाख पुग्नेगरी राहत दिइसकिएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयहरूसँग समन्वय गरी रकम पठाएको गृह मन्त्रालयको विपत् व्यवस्थापन तथा द्वन्द्व व्यवस्थापन महाशाखाले जानकारी दिएको छ। मन्त्रालयका अनुसार मारिएका र बेपत्ता पारिएकाका हकदार १६ हजारलाई १० लाख रूपैयाँका दरले राहत दिइएको छ। राहतका नाममा के कति खर्च भयो भन्ने यकिन तथ्यांक भने मन्त्रालयले राख्न सकेको छैन। नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया