अार्इपीएलमा फेरि सन्दीपको सनसनीपूर्ण प्रदर्शन

काठमाडाैं : नेपाली राष्ट्रिय क्रिकेट टीमका भेट्रान स्ट्रार्इकर सन्दीप लामिछानेले भारतमा जारी अार्इपीएल-२०१८ अन्तगर्त शुक्रबार भएको खेलमा पनि सनसनीपूर्ण प्रदर्शन गरेका छन् । अार्इपीएलमा दिल्ली डेयरडेभिल्सका तर्फबाट खेलिरहेका सन्दीपको उत्कृष्ट प्रदर्शनसँगै दिल्लीले चेन्नार्इ सुपर किंग्सलार्इ ३४ रनले हराएको छ । 

४ अोभर बलिङ गरेका सन्दीपले चेन्नार्इका खेलाडीलार्इ २१ रन मात्र जोड्न दिए । भारतका उत्कृष्ट व्याट्सम्यान रबिन्द्र जडेजालार्इ अाउट गर्दै पेभेलियन फर्कार्इदिएका सन्दीपले चेन्नार्इका महेन्द्रसिंह धोनी लगायतका खेलाडीलार्इ चर्को दबाबमा राखे । चार अोभर बलिङ गर्दा सन्दीले जम्मा १ बाउन्ड्रीमात्र दिए । लामिछाने चेन्नार्इ बिरूद्दको सो खेलमा 'स्टार्इलिस प्लेयर अफ द म्याच' घोषित भए ।

खेलको दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले जम्मा २ रन दिएका थिए । ६ बल नै शेन वाट्सनलाई बलिङ गर्दै सन्दीपले ५ डट बल फालेका थिए । खेलको १२ औं र आफ्नो दोस्रो ओभरमा भारतका दुई निकै अनुभवी ब्याट्सम्यान महेन्द्र सिंह धोनी र सुरेश रैनालाई बलिङ गर्दै उनले ६ रन खर्चे ।

१ सय ६३ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा केवल १ सय २८ रन बनाउन सफल रह्यो । चेन्नाईका लागि ओपनर अंबाती रायडुले सर्वाधिक ५० रन बनाए भने रविन्द्र जडेजाले २७ रन जोडे । सुरेश रैनाले १५, महेन्द्रसिंह धोनी १७ र सेन वाट्सन १४ रनमै अाउन भए । 

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६२ रनको योग्फल तयार पारेको थियो । दिल्लीका लागि रिसभ पन्तले ३८ रन तथा अन्त्यमा हर्सल पटेल र विजय शंकरले समान ३६ रन बनाएका थिए ।

चेन्नाई १३ खेलमा ८ जित दर्ता गर्दै १६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । अर्कोतर्फ अन्तिम ४ मा पुग्ने सम्भावना समाप्त भएको दिल्लीको अब ८ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?