प्रहरी डीआईजीहरुको सरुवा र पदस्थापन, को–कहाँ ? (सूचीसहित)

काठमाडौं ।  गृह मन्त्रालयले नेपाल प्रहरीका डिआईजीहरुको सरुवा तथा पदस्थापन गरेको छ।
गृहको निर्णयअनुसार प्रहरी एकेडेमीमा पुष्कर कार्कीको सरुवा भएको छ। यस्तै महानगरीय प्रहरी आयुक्तको  कार्यालयमा मनोज नेउपाने सरुवा भएका छन् ।
यसअघि  नेपाउने प्रहरी महानिरीक्षकको सचिवालय र  कार्की केन्द्रीय अनुसन्धान ब्यूरो कार्यरत थिए।
यस्तै सीआइबीमा नारायणसिंह खड्का र विशेष ब्युरोमा पिताम्बर अधिकारीको  पदस्थापना भएको छ ।

यस्तै बुढुवामा परेका अरु  डिआईजीहरुलाई  सातै प्रदेशमा इन्चार्जका रुपमा जिम्मेवारी दिइएको छ ।

 जसअनुसार प्रदेश १ मा  केदार रिजाल, २ मा  दिनेश अमात्य, ३ मा दीपककुमार थापा, ४ मा दानसिंह बोहरा, ५ मा शेरबहादुर बस्नेत, ६ मा सुरेशबिक्रम शाह र ७ मा शरद चन्दले जिम्मेवारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?