नयाँ पार्टीको नाम जुधेपछि ‘अन्डरलाइन’ थपियो

काठमाडौँ – दुई ठूला वामपन्थी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर ‘नेपाल कम्युनिस्ट पार्टी’ बनेको औपचारिक जानकारी निर्वाचन आयोगलाई गराइएको छ । दुई दलका शीर्ष नेताहरू अपराहन ५ बजे आयोग पुगेर पार्टी एकीकरण भएको पत्र बुझाएका थिए ।

 

नवघोषित पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ नाम राख्न खोजिए पनि आयोगमा उक्त नामको पार्टी पहिल्यै दर्ता रहेको पाइएपछि सोही नामको मुनि अन्डरलाइन थप गरी दर्ताका लागि निवेदन दिइएको छ। ऋषिराम कट्टेलको नाममा यसअघि नै नेपाल कम्युनिष्ट पार्टी दर्ता छ। एउटै नाममा एकभन्दा बढी दल दर्ता नहुने कानुनी व्यवस्था छ।

आयोगले एकीकरण प्रक्रिया सुरु भए पनि प्रमाणपत्र दिन भने केही समय लाग्ने जनाएको छ, कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?