चीनतर्फ निर्यात ५९ प्रतिशतले वृद्धि

काठमाडौं – चालू आर्थिक बर्षमा चीनतर्फको निर्यात उल्लेख्य वृद्धि भएको छ ।

भारत र अन्य देशको निर्यात १० प्रतिशतभन्दा कमले बढेको बेला चीनतर्फको वृद्धि ६० प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो नौ महिनाको आर्थिक तथा वित्तीय विवरण अनुसार चीनतर्फको निर्यात ५८.९ प्रतिशतले वृद्धि भएको छ ।

मुलुकको नौ महिनाको अवधिमा झन्डै ६० अर्ब रुपैयाँको निर्यात गर्दा चीनतर्फको निर्यात उल्लेख्य बढेको छ ।
आजको नागरिक दैनिकले  समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?