फैलदै ईबोला भाईरस : कंगोमा लियो, महामारीको रुप

लाखौँ मानिसको बसोबास रहेको कंगोको ‘ब्यान्डाका’ सहरमा ईबोलाले महामारीको रुप लिएको छ । कंगोका स्वास्थ्य मन्त्री ओली ईलुङ्गा कलेङ्गाले ईबोला भाईरसले महामारी मच्चाएको बताएका हुन् ।

हालसम्म ४२ जनामा यो  भाईरस संक्रमीत भएको छ, भने २३  जनाको मृत्यु भईसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यस भाईरसबाट संक्रमित संभावित ४ सय ३० जनाको पहिचान  भएको छ  । यस भाईरसबाट ग्रसीत रोगिहरुसँग सम्पर्क भएको सम्भावित ४ हजार जनालाई ट्रेस गर्ने कोशिस जारी छ । ब्यान्डाका सहर कंगोको महत्वपूर्ण ‘यातायात हब’ का रुपमा परिचित छ । राजधानीसँग करिब ३ हजार किलोमिटरको  दुरीमा रहेको यस सहरमा ईबोला भाईरस फैलनुले निकै त्रास सिर्जना गरेको  अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सन् २०१४ देखि सन् २०१६ मा पश्चिम अफ्रिकामा फैलिएर  करिब ११ हजार ३ सय जनाको मृत्युको कारण बनिसकेको ईबोला भाईरस समयमा न्यूनिकरण गरिएन भने राजधानी किनशासामा पनि फैलन सक्ने सन्त्रास छ ।

ईबोलाको प्रकोप भएको भनि पुष्टि भएका वा शंकास्पद गरि जम्मा तिनवटा स्वास्थ्य क्षेत्र छुट्याईएको छ । डब्लुएचओले पठाएको ४ हजारभन्दा बढि प्रयोगात्मक खोप बुधबार मात्रै कंगो भित्रिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?