काठमाडाैं : तत्कालिन नेकपा (माअोवादी) का संस्थापक, जनयुद्दका योजनाकार एवं संयुक्त क्रान्तिकारी जनपरिषद नेपालका संयोजक डा. बाबुराम भट्टरार्इले एमाले र माअोवादी एक हुनु र मार्इनस एकमा अर्को मार्इनस एक जोडिएर मार्इनस दुर्इ हुनुबीच केही फरक नरहेको धारणा व्यक्त गरेका छन् ।
एमाले-माके एकता अन्तत: सम्पन्न हुन लागेकोमा दुवैलाई वधाइ/शुभकामना! तर केही अनुत्तरित प्रश्न:के वानरहरू पुच्छर काटेकै भरमा मान्छे भएका हुन्?गणितमा माइनस एक र माइनस एक जोड्दा माइनस दुइ हुन्छ;माइनस एकको मूल्य धेरै कि माइनस दुइको? सर्वहारा अधिनायकत्व छोडेपछि कम्युनिष्ट नाममा मोह किन?
— Baburam Bhattarai (@brb1954) May 16, 2018
नेकपा (माअोवादी केन्द्र) बाट अलग्गिएर हाल नयाँ शक्ति पार्टी नेपाल स्थापना गरेका पूर्वप्रधानमन्त्री डा. भट्टरार्इले 'एमाले र माके एकता अन्तत : सम्पन्न हुन लागेकोमा दुवैलार्इ बधार्इ र शुभकामना' दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टरार्इले एकता गर्न लागेका पार्टीलार्इ बधार्इ दिएपनि एकतामाथि खिल्लि उडाएका छन् । केही अनुत्तरित प्रश्नहरू रहेको जनाउँदै भट्टरार्इले 'बानरहरू पुच्छर काटेकै भरमा मान्छे भएका हुनु' भन्दै व्यंग्य गरेका छन् ।
एमाले र माअोवादीले अाफुलार्इ अझै कम्युनिष्ट भनेकोमा असन्तुष्टि जनाउँदै भट्टरार्इले ट्वीटमा प्रश्न गरेका छन् : 'सर्वहारा अधिनायकत्व छाडेपछि कम्युनिष्टको नाममा मोह किन ?'
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया