पार्टी एकतामा अग्रसर हुन कार्यकर्तालार्इ अोलीको अाग्रह

काठमाडाैं : नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री के.पी. शर्मा अोलीले अाज नेकपा (माअोवादी केन्द्र) सँग हुने पार्टी एकतामा सहभागी हुन अाग्रह गरेका छन् । 

 

एमालेका दिवंगत नेताहरू मदन भण्डारी र जीवराज अाश्रितको २५ अाैं स्मृति दिवसको अवसर पारेर अाज दुर्इ कम्युनिष्ट पार्टीबीच एकता हुँदैछ । 

वि.सं. २०५० साल जेठ ३ गते मदन भण्डारी र जिवराज आश्रित चढेको जिप चितवनको दासढुंगामा दुर्घटना हुँदा नेताद्वयको निधन भएको थियो ।

अाफ्ना दिवंगत नेताहरूको स्मृति दिवस र पार्टी एकताको अन्तिम घडीमा अोलीले सबै कम्युनियष्टहरुलाई एक हुन् अाग्रह गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?