काठमाडौँ- नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता हुने भएको छ । दुई दलका अध्यक्षबीच बुधबार भएको छलफलपछि एकता हुने निश्चित भएको हो । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलले बिहीबार पार्टी एकता घोषणा हुने निश्चित भएको माओवादी केन्द्रका नेता जनार्दन शर्माले जानकारी दिए । एकताको विषयमा दुईजना अध्यक्षले गरेको सहमतिलाई दुई दलको बैठकले अनुमोदन गरेको छ । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भएको छलफललाई माओवादी केन्द्रको बैठकले अनुमोदन गरेको सो पार्टीका प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्, आजको गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया