मकालु एयर विमान दुर्घटना : गोठालाले जे देखे

काठमाडौँ- मकालु एयर विमान  दुर्घटना सुरुमा भेडा गोठालाले देखेका थिए । बाजुराबाट भेडा लिएर हुम्ला आउँदै गरेका लामा रावलले दुर्घटना देखेका थिए । ‘आकाशमा दुई–तीन फन्को लगायो, त्यसपछि भुज भन्ने ठाउँमा बस्न खोज्दा दुर्घटना भयो,’ उनले सुनाए, ‘दुर्घटना भएपछि म मान्छे होलान् भन्दै उद्धार गर्न घटनास्थलतर्फ लागेँ । जानकारी गराउन धेरैलाई फोन गर्दा पनि लागेन । अन्ततः अंकल देवराज रावललाई फोन लाग्यो । अनि जानकारी गराएँ ।’ जहाज हराएको सूचना पाउनेबित्तिकै नेपाल प्रहरी र नेपाली सेनाका टोली खोजीमा खटिएका थिए ।

सुर्खेत विमानस्थलबाट सिमिकोटका लागि बुधबार बिहान ६ः१२ बजे उडेको मकालु एयरको ९एनएजेयू जहाज उडेको १५ मिनेटमै टावरस“ग सम्बन्धविच्छेद भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित उद्धार समन्वय केन्द्रका अनुसार उक्त जहाजको अन्तिम सम्पर्क ६ः२७ मिनेटमा नेपालगन्ज टावरसँग भएको थियो । ६ः५५ मा सिमिकोटमा अवतरण गर्नुपर्ने थियो । तर, जहाज हराएको झन्डै ३ घन्टापछि हुम्लाको खार्पुनाथ गाउँपालिकास्थित बाहुनखर्कमा दुर्घटना भएको अवस्थामा भेटियो । जहाजको खोजीमा सिमिकोटमा रहेका माउन्टेन एयरका दुई र काठमाडौंबाट गएको नेपाली सेनाको एक हेलिकोप्टर खटिएका थिए, नयाँ पत्रिका दैनिकले खबर छापेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?