काठमाडाैं : रूसमा विश्वकप फुटबल शुरू हुन २६ दिन बाँकी रहँदा इंग्ल्याण्डले अाफ्नो २३ सदस्यीय टोली घोषणा गरेको छ । यो टोलीले जुन १४ देखि जुलार्इ १५ सम्म रूसमा हुने विश्वकपमा ३१ वटा टोलीमध्यको प्रतिष्पर्धीसँग उपाधिका लागि निरन्तर भिडन्त गर्नेछ ।
विश्वकपमा संसारभरका उत्कृष्ट ३२ राष्ट्रिय फुटबल टोली सहभागी हुँदैछन् । ब्राजिलले यसअघि नै अाफ्नो टोली सार्वजनिक गरिरसकेको छ । बाँकी प्रतिष्पर्धीहरूले पनि जुन ४ तारिखसम्म अाफ्नो राष्ट्रिय टोलीको नाम घोषणा गरिसक्नुपर्नेछ । सामान्यतया : विश्वकप फुटबलका लागि राष्ट्रिय टोलीमा २३ खेलाडीलार्इ समावेश गरिन्छ।
इंग्लाण्डका तर्फबाट विश्वकपमा फरवार्डतर्फ हृयारी केन, मार्कस र्यासफोर्ड, जेमी भार्डि, ड्यानी वेलब्याक र रहिम स्टर्लिङ छानिएका छन् । यस्तै, इरिक डायर, फाबियन डेल्फ, जोर्डन हेन्डरसन, रुबेन लोफ्टस चेक, जेसे लिङगार्ड र डेल अलिले मिडफिल्डमा खेल्नेछन् ।
डिफेन्डरतर्फ केल वाल्कर, केयरन ट्रिपर, ट्रेन्ट अलेक्जेण्डर आर्नोल्ड, जोन स्टोन्स, ग्रे चहिल, फिल जोन्स, हृयारी माग्युरे, एस्ले योङ र ड्यानी रोज छानिएका छन् । ज्याक बटल्याण्ड, जोर्डन पिकफोर्ड र निक पोप गोलकिपर बस्नेछन् ।
जारी सिजनमा म्यानचेस्टर युनार्इटेडबाट वेस्ट ह्याममा गएका जोय हार्ट इंल्याण्डको राष्ट्रिय टोलीमा पर्न असफल भएका छन् । हाल उनले खेलमा उल्लेख्य प्रदर्शन गर्न सकिरहेका छैनन । तर, २०१२ को युरोकप, २०१४ को विश्वकप र २०१६ को युरोकपमा जोयले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया