काठमाडौं । सुर्खेतबाट सिमिकोट उडेको मकालु एयरको जहाज हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । हुम्लाको खुर्पनाथ गाउँपालिकाको बाहुनचौरमा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।
यसअघि विमान बाजुरामा भेटिएको भन्ने खबर आएपनि त्यो गलत सूचना भएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताएका थिए ।
मकालु एयरको विमान बुधवार बिहान ६ः५५ बजे उडेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार उक्त विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।
दुर्घटना के कति कारणले भयो भन्ने बारेमा अझै खुल्न सकेको छैन । तर, चालक दलका दुवै सदस्यको मृत्यु भएको बताइएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया