काठमाडौं : शान्ती स्थापना र एकीकरणको प्रयास हुँदै गरेको कोरियाली प्रायद्वीपमा अमेरिकाले सैन्य अभ्यास थालेपछि फेरि तनाव उत्पन्न भएको छ ।
अमेरिकाले दक्षिण कोरियालार्इ समेटेर 'मेक्स थन्डर' नाम संयुक्त युद्द अभ्यास गरेपछि उत्तर कोरियाले पनि अाजै दक्षिण कोरियासँग हुने उच्चस्तरीय वार्ता रद्द गरिदिएको छ । दक्षिण कोरियाको सिमावर्ती क्षेत्र पनमुनजोनमा अाज वार्ता गर्ने तयारी हुँदै थियो ।

संयुक्त शैन्य अभ्यास र उच्चस्तरीय वार्ताको स्थगनका कारण अागामी जुन १२ मा सिंगापुरमा हुने भनिएको उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पबीचको शिखर वार्ता पनि संकटमा परेको छ । उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीच हालै दक्षिण कोरियामा ऐतिहासिक वार्ता भएको थियो । सो वार्तामा कोरियाली प्रायद्वीपलाई परमाणु हतियार मुक्त गर्ने र सो क्षेत्रमा शान्ती स्थापना गर्ने सहमतिमा दुवै नेताले हस्ताक्षर गरेका थिए ।
दक्षिण कोरियासँगको सहमतिबमोजित उत्तर कोरियाले हालै आफ्नो परमाणु परीक्षण स्थल बन्द गर्ने घोषणा सार्वजनिक गरिसकेको छ । उत्तरले अन्तरराष्ट्रिय मिडियाहरूलार्इ साक्षी राखेर अाफुलार्इ परमाणु शस्त्रार्थबाट अलग गर्ने जनाएको थियो । तर, फेरि दक्षिण कोरिया र अमेरिकाबीचको शैन्य अभ्यासले शान्ती प्रकृयालार्इ धरापमा पारेको छ ।
‘मेक्स थन्डर’ नामक संयुक्त युद्ध अभ्यासमा अमेरिका र दक्षिण कोरियाले घातक बी-५२ बमबर्षक विमान, एफ-१५ जेट विमान र करिब १ सय लडाकु फार्इटर प्लेनको प्रयोग गरेका छन् । पछिल्लो शैन्य अभ्यास अहिलेसम्मकै ठूलो मध्यको एक भएको बतार्इएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया