रेल २५ सेकेन्ड पहिले गुडेकोमा कम्पनीले माफी माग्यो

एजेन्सी:जापानको एक रेल कम्पनीले स्टेशनबाट निर्धारित समयभन्दा २५ सेकेण्ड पहिले हिँडेपछि यात्रुहरूमा पर्न गएको असुविधाका कारण माफी मागेको छ ।

जापानको रेलसेवा विश्वकै निर्धारित समयमा खुल्ने र पुग्ने मध्यको एक हो । नोटोगावा रेलवे स्टेशनबाट ७.१२ मिनेट बिहान खुल्नुपर्ने थियो ।

तर त्यो रेल ७ बजेर ११ मिनेट ३५ सेकेन्डमै हिँडेको थियो । कम्पनीले यसका लागि माफी माग्दै यसको छानबिन गर्ने भन्दै सार्वजनिक विज्ञप्ति निकालेको छ ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?