चितवन– चितवनको खैरहनी नगरपालिकामा रहेको नेपाली सेनाद्वारा सञ्चालित महाविद्यालयको आवास क्षेत्रमा बसेका विद्यार्थीहरुले आफ्नै साथीलाई निर्घात कुटपिट गरेको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
साथी मारेपछि विद्यालय बिदा हुन्छ भन्ने सोचले आफ्नै साथीलाई रातको समयमा छात्राबासका विद्यार्थीले सामूहिक कुटपिट गरेका हुन् ।
भरतपुर महानगरपालिका १० का १४ वर्षीय श्रनव लामिछानेलाई मार्ने उद्देश्यका साथ कुटपिट भएको समाचारमा उल्लेख छ ।
पीडित श्रीनवले भने– कुट्नेले विद्यालय बन्द हुने र उहाँ बस्न नपर्ने भन्दै थिए ।
उनको दायाँ आँखाको छेउमा गहिरो चोट लागेको छ भने आँखामुनिको हड्डी भाँचिएको छ । घाँटीमा हातले थिच्दा निलडाम परेको छ भने दुबै आँखामा रगत जमेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया