कोलकाताले राजस्थानलार्इ ६ विकेटले हरायो

काठमाडाैं : इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलबार भएको खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको छ । पछिल्लो जीतसँगै लिग चरणको एक खेल बाँकी रहँदा कोलकाताले (१४ अंक) का साथ तेस्रो स्थानमा कब्जा जमाएको छ भने १२ अंकका साथ पञ्जाब चाैथो स्थानमा छ । 

 १ सय ४३ रनको लक्ष्य पछ्याएको कोलकाताले २ ओभर बाँकी रहँदा ४ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।कोलकाताका लागि कप्तान दीनेश कार्तिकले अविजित ४१ रन जोडे । त्यसअघि ओपनर क्रिस लेनले टोलीका लागि सर्वाधिक ४५ रनको योगदान गरे । ओपनर सुनिल नारिन र नितेश रानाले समान २१ रन तथा आन्द्रे रसेलले अविजित ११ रन बनाए ।

लेनले ४२ बलमा ५ चौका र १ छक्का प्रहार गरे भने कार्तिकले ३१ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । राजस्थानका बेन स्टोक्सले ३ र इश सोदीले १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।

राहुल त्रिपाठी र जोस बट्लरले पहिलो विकेटका लागि ६३ साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएपनि त्यसपछिका ब्याट्सम्यानले इनिङ सम्हाल्न सकेनन् । बट्लरले टोलीका लागि सर्वाधिक ३९ रन जाडे, त्रिपाठीले २७ रन बनाए । बट्लरले २२ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?